काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५० रुपैयाँ बढेर प्रतितोला ४ हजार ६ सय ९० रुपैयामा कारोबार भैरहेको छ ।