काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १२ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ६५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।