ट्रष्ट माइक्रो इन्स्योरेन्सको २२,५०,००० कित्ता साधारण शेयर निस्कासन ट्रष्ट माइक्रो इन्स्योरेन्सको २२,५०,००० कित्ता साधारण शेयर निस्कासन
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

ट्रष्ट माइक्रो इन्स्योरेन्सको २२,५०,००० कित्ता साधारण शेयर निस्कासन

ट्रष्ट माइक्रो इन्स्योरेन्सको  २२,५०,००० कित्ता साधारण शेयर निस्कासन

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सको विक्री प्रबन्धकमा एनआएमबि एस क्यापिटल धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न  एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि एक सम्झौता गरिएको छ ।

सम्झौता अनुसार ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२,५०,००,०००।– रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य रु.१००।– का दरले सर्वसाधारणहरुमा निष्काशन गर्नको  सम्झौता गरेको हो ।  यहि फागुन ४ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि सम्झौता गरिएको  जनाएको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पु¥याउने लक्ष्य लिई यस ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड वि.सं. २०८० साल कात्र्तिक महिना १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरेको थियो ।  

लघु निर्जीवन बीमा कम्पनीको हैसियतले मिति २०८०/१२/०१ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री उज्वल ढुङ्गाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।

प्रतिकृया दिनुहोस्