काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुन अहिले सम्मकै उच्च प्रतितोला एक लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।