×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

शिक्षा समितिको बैठक सुरु

शिक्षा समितिको बैठक सुरु

काठमाडौं । शिक्षा समितिको बैठक सुरु भएको छ । बिहान साढे ८ बजे बोलाइएको बैठक अहिले ४ बजेपछि मात्रै सुरु भएको हो । विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा बैठक बस्न विलम्ब भएको थियो ।

असार १५ को डेटलाइन दिएर सडक संघर्ष रोकिए पनि अन्तिम अवस्थामा सहमति जुटाउन नसक्दा विषय पेचिलो बनेको छ । आफूहरूले सरकारलाई दिएको अन्तिम डेटलाइन सम्झाउँदै शिक्षक महासंघका नेताहरू आइतबार बिहानै सिंहदरबार पुगेका थिए ।

हिजै समितिबाट पारित हुने भनेपनि केही विषयमा सहमति जुट्न नसक्दा समितिबाट विधेयक पास भएको छैन ।

विद्येयक पारित गराउन भन्दै शिक्षक महासंघका नेता कार्यकर्ताहरूले दबाब बढाएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त सत्तारुढ दलका सभापति शेरबहादुर देउवालाई भेट गरेका हुन् ।

समितिको बैठकका लागि बिहान साढे ८ बजेदेखि नै सांसदहरू सिंहदरबार पुगेका थिए । विधेयकका केही प्रावधानमाथि शिक्षक महासंघका प्रतिनिधिसँग सहमति जुट्न नसक्दा बैठक अन्योल बनेको हो ।

मन्त्रालयले शिक्षकको पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेकोमा सहमति नभएपछि महासंघका प्रतिनिधि वार्ता छाडेर बाहिरिएका थिए ।

महासंघले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रस्ताव मन्त्रालय समक्ष राखेको छ । यद्यपि सो विषयमा सहमति जुट्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्