×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

फुलचोकीको जंगलबाट १३ जना हराए, खोजी सुरु

फुलचोकीको जंगलबाट १३ जना हराए, खोजी सुरु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा पर्ने फुलचोकी जंगलबाट १३ जना व्यक्ति हराएका छन् । सोमबार फुलचोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएको सूचनापछि अहिले खोजी कार्य थालिएको छ ।

ललितपुरका एसएसपी शेखर खनालका अनुसार स्थानीयको सहयोगमा प्रहरी परिचालन गरेर हराएका व्यक्तिहरूको खोजी कार्य चलिरहेको छ । ‘१३ जना व्यक्ति हराएको सूचना आएको छ,’ एसएसपी खनालले भने, ‘लगत्तै हामीले इन्सपेक्टरको कमाण्डमा टोली खटाएका छौं ।’

फुलचोकी डाँडामा हिँउदेयाममा घुम्न जानेहरूको भिड लाग्ने गर्छ । २७६१ मिटर अग्लो रहेको यो डाँडा काठमाडौं उपत्यका घेर्ने सबैभन्दा अग्लो डाँडा हो ।
 

प्रतिकृया दिनुहोस्