×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

तिहारमा कुलमान घिसिङले सम्झिए लोडसेडिङका दिन, अब बेथिति र भ्रष्टाचार अन्त्य गर्ने संकल्प

तिहारमा कुलमान घिसिङले सम्झिए लोडसेडिङका दिन, अब बेथिति र भ्रष्टाचार अन्त्य गर्ने संकल्प

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तिहारको अवसरमा विगतको लोडसेडिङको अवस्थालाई स्मरण गर्दै अब देशमा व्याप्त बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अन्धकार हटाउने संकल्प व्यक्त गरेका छन्।

तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना सन्देश जारी गर्दै घिसिङले २०७३ सालअघिका अँध्यारा दिन सम्झिएका हुन्। उनले त्यसबेला उज्यालोको पर्व तिहारसमेत अन्धकारमा मनाउनुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन्।

आफूहरूको साथ, विश्वास र दृढ संकल्पका कारण असम्भव मानिएको लोडसेडिङ अन्त्य गर्न सफल भएको उल्लेख गर्दै उनले देशका अधिकांश घरमा विद्युत् सेवा पुर्‍याइएको र अहिले नेपाली बिजुली विदेशसम्म पुग्न थालेको बताएका छन्।

‘हिजो बिजुलीको अँध्यारो हटायौँ, अब बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प छ,’ उनले सन्देशमा भनेका छन्।

चुनौती जति आए पनि आफ्नो यात्रा नरोकिने बताउँदै घिसिङले अँध्यारोलाई सरापेर मात्र नभई आफैँ दीप बनेर उज्यालो फैलाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

उनले विगतमा प्राप्त साथ र विश्वासप्रति आभार व्यक्त गर्दै सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणको अभियानमा पनि नागरिकको साथ अपेक्षा गरेका छन्।

‘हरेक घरमा खुसी, हरेक मनमा आशा र हरेक नेपालीको जीवनमा समृद्धिको उज्यालो छाओस्,’ उनले शुभकामना सन्देशमा भनेका छन्।

प्रतिकृया दिनुहोस्