×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

विश्वकै प्रदूषित सहरको चौथो स्थानमा काठमाडौँ

विश्वकै प्रदूषित सहरको चौथो स्थानमा काठमाडौँ

काठमाडौँ ।  काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार बिहान  काठमाडौँको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ ।

पहिलो नम्बरमा पाकिस्तानको लाहोर शहर रहेको छ । यहाँको वायु प्रदूषण ४५८ एक्यूआई मापन गरिएको छ ।

छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा छ । २२६ एक्यूआईसहित दिल्ली विश्वै दोस्रो प्रदूषित सहर बनेको हो । 

तेस्रो प्रदूषित शहरमा चीको बेइजिङ रहेको छ । त्यहाँको वायु प्रदूषण २१५ एक्यूआई मापन गरिएको छ ।

प्रतिकृया दिनुहोस्