काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १२ हजार २०० रुपैयाँ घटेर प्रतितोला दुई लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २२५ रुपैयाँ घटेर प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भैरहेको छ ।