×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दलहरूको निरन्तर अवरोधपछि संघीय संसद्का दुवै सदनको बैठक बस्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गर्नुको कारणबारे प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने माग राख्दै प्रतिपक्षीले सदन अवरोध गरेका हुन् । अवरोध खुलाउन सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलहरूसँग संवाद जारी राखेका छन् । यद्यपि सहमति जुट्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्