×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

दोलखाको सानिमा हाइड्रोको बाटो सर्भे गर्ने क्रममा पहिरो खसेर ३ जना घाइते

दोलखाको सानिमा हाइड्रोको बाटो सर्भे गर्ने क्रममा पहिरो खसेर ३ जना घाइते

काठमाडौं । दोलखाको विगु गाउँपालिकास्थित सानिमा हाइड्रोको बाटो सर्भे गर्ने क्रममा पहिरो खस्दा सब ईन्जिनियरसहित तीन जना घाइते भएका छन् ।

विगुगाउँपालिका-१ स्थित हुरहुरेमा रहेको सानीमा हाइड्रोपावरको बाटो सर्बेगर्ने क्रममा माथिबाट पहिरो खस्दा सब ईन्जिनियर नुवाकोट बिदुर नगरपालीका वडा-४ बस्ने  २९ वर्षीय सुनिल न्यौपाने, रामेछाप लिखु तामाकोशी गा.पा वडा नं. ४ बस्ने २९ वर्षीय को विशाल बुढाथोकी र सिन्धुपाल्चोक मेलम्ची नगरपालीका वडा नं. १ भोटेचौर बस्ने  २७  वर्षीय सन्दिप चौलागाइ घाइते भएका हुन् ।

घाइतेमध्ये सब ईन्जिनियर न्यौपानेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए ।

न्यौपानेको टाउँकोमा चोट लागेको र अबस्था गम्भीर (बोल्न नसक्ने) भएकोले उनलाई श्रीएयरलाइन्सको हेलिकप्टर मार्फत हेम्स अस्पताल धुम्बराइ काठमाडौं पठाएको दोलखा प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई इलाका प्रहरी कार्यालय लामाबगरबाट गएको प्रहरीले उद्धार गरेको थियो । घाइतेमध्ये बुढाथोकी र चौलागाइको बाहिरी चोट पटक नदेखिएको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्