काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको मुद्दामा सर्वोच्च अदालतले मिसिल कागज मगाउने आदेश गरेको छ ।
चलाउनेमाथिको आक्रमणमा संलग्न योगेन्द्र रावलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले यस्तो आदेश गरेको हो ।
काठमाडौँ जिल्ला अदालतले उक्त घटनाका मुख्य योजनाकार भनिएका रावलसहित हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा र सयुज श्रेष्ठलाई २ वर्ष कैद र २८ लाख जरिवानाको सजाय सुनाएको थियो ।
जिल्लाको फैसलाविरुद्ध आक्रमणमा संलग्न आरोपितहरू उच्चमा गएकोमा उच्चले पनि जिल्लाकै आदेश सदर गरेको थियो । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि गएको जेठ १३ गते मुख्य योजनाकार भनिएका रावलले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।