×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए सपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए सपथ

हेटौंडा । बागमती प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बागमतीको छैठौं मुख्यमन्त्रीको रूपमा आज मंगलबार दिउँसो नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको सपथ गराए । देवकोटाले आजै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँले मुख्यमन्त्री समक्ष हिजो सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार निर्माणका लागि दाबी पेश गरेका थिए । उनलाई ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थन छ ।

मुख्यमन्त्री बानियाँ मकवानपुर निवासी हुन् । बानियाँ भन्दा अगाडि पाँच जना डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।
 

प्रतिकृया दिनुहोस्