×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

बजेटसम्बन्धी छलफल जेठ २० देखि २३ गतेसम्म

बजेटसम्बन्धी छलफल जेठ २० देखि २३ गतेसम्म

काठमाडौँ । प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफल जेठ २० देखि २३ गतेसम्म हुने भएको छ । आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले बजेटमाथिको सामान्य छलफल जेठ २०, २१, २२ र २३ गते हुने समय तय गरेका हुन् । 

उनले दलीय प्रतिनिधित्वको आधारमा भाग लिने सांसदहरूलाई सम्बन्धित दलका पदाधिकारीले बैठक बस्नुभन्दा एक घण्टा अगाडि सचिवालयलाई उपलब्ध गराउन पनि आग्रह गरे । 

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ २३ गते दिने पनि सभामुख घिमिरेले बताए ।
 

प्रतिकृया दिनुहोस्