×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

धवलशमशेर र दुर्गा प्रसाईंले गरे नयाँ दल गठन गर्ने सहमति

धवलशमशेर र दुर्गा प्रसाईंले गरे नयाँ दल गठन गर्ने सहमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका दुर्गा प्रसाइले नयाँ दल गठन गर्ने सहमति गरेका छन् । राणा र प्रसाईंले ११ बुँदे सहमतिमा शुक्रबार हस्ताक्षर गरेका हुन् ।

किरात, बौद्ध सहित वैदिक सनातन हिन्दु अधिराज्य राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिज्ञा दुई पक्षले गरेका छन् ।

संवैधानिक राजसंस्था पुनर्स्थापना लागि सशक्त, लोकतान्त्रिक तथा राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकताले नयाँ दल गठन गर्नुपरेको सहमतिमा उल्लेख गरिएको छ ।

पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन अंगाल्ने नीति लिइएको छ । सुधारमुखी संघीयता, एक पटकको नेपाली सधैंको नेपाली र दोहोरो नागरिकता राख्न पाउनने  व्यवस्थामा दुई पक्षबीच सहमत भएका छन् ।

विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन र व्यक्तिहरूलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा गर्ने सहमति गरिएको छ ।

हेर्नुहोस् सम्झौता :

 

प्रतिकृया दिनुहोस्