×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रचण्डले बोलाए पदाधिकारी बैठक

प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । आफ्नो निजी निवास खुमलटारमा अपराह्न ४ बजे बैठक बस्ने सचिव दीनानाथ शर्माले जानकारी दिए ।

शर्माका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, स्थगित तराई मधेस जागरण अभियान सञ्चालन लगायत विषयमा छलफल हुनेछ । फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र असफल भएको भाष्यसहित राष्ट्र बचाउन आफूलाई साथ दिन आग्रह गरेपछि सडकमा राजावादीहरू सक्रिय देखिएका छन् । 
चैत १५ गते राजधानीको तीनकुनेमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि माओवादीले ज्ञानेन्द्रलाई कारबाही गर्नुपर्ने बताउँदै आएको छ । 

फागुन १२ गतेदेखि सुरु भएको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान चितवनमा पुगेर स्थगित भएको थियो । बाँकी अभियान बिचबिचमा ुब्रेकु गरेर सञ्चालन गर्ने गरी खाका बनाउने शर्माले बताए ।

प्रतिकृया दिनुहोस्