एक सिलिन्डर ग्यास ७ हजारमा बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ एक सिलिन्डर ग्यास ७ हजारमा बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

एक सिलिन्डर ग्यास ७ हजारमा बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

एक सिलिन्डर ग्यास ७ हजारमा बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

काठमाडौं । खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बारुदखाना चोकस्थित भाडामा बस्ने वर्ष ५७ को तुलसीराम त्वयना रहेका छन् ।

उनले उपभोक्ताहरूलाई प्रति सिलिण्डर ७ हजारका दरले बिक्री वितरण गरेको भन्ने जानकारी पाएपछि पक्राउ गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो क्रममा प्रहरी टोलीले चेकजाँच तथा अनुगमन गर्दा ३ थान सिलिण्डर पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्