×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

प्रदेश

कोशीको आन्तरिक मामिलामन्त्रीमा रेवतीरमण भण्डारी, आजै शपथ

कोशीको आन्तरिक मामिलामन्त्रीमा रेवतीरमण भण्डारी, आजै शपथ

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने भएका छन् ।

मानव तस्करी प्रकरणमा मुछिएका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि उनको ठाउँमा भण्डारीला नियुक्त गर्न लागिएको हो ।

उनको शपथ आज साढे ५ बजे गर्ने तयारी छ । भण्डारीले साढे पनि ५ बजे शपथग्रहण रहेको जानकारी दिए । ‘नियुक्तिको प्रक्रियामा छ,’ उनले भने’, साढे ५ बजे शपथ ग्रहणको तयारी छ ।’

एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा रहेका भण्डारी संविधानसभा सदस्यसमेत हुन् । कोशीमा स्वास्थ्य मन्त्रालय पनि नेतृत्वविहीन छन् । भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले नै यो मन्त्रालय सम्हालिरहेका छन् ।

डाक्टर शेखर कोइराला पक्षले नाम नदिएका कारण राईले दोहोरो जिम्मेवारी सम्हालिरहेका हुन् ।

प्रतिकृया दिनुहोस्