×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

तराई–मधेशको विषम अवस्थाबारे राष्ट्रपति पौडेलले गरे पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल

तराई–मधेशको विषम अवस्थाबारे राष्ट्रपति पौडेलले गरे पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायत तराई मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितीका बारेमा प्रथम राष्ट्रपति डा. रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासंग छलफल गरेका छन् । 

राष्ट्रपति भवन शीतलमा शुक्रबार भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम सबैले पहल गर्नुपर्ने धारणा राखेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

प्रथम राष्ट्रपति डा. यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीति दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षमता राख्नुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्