लोकन्थलीमा पैदलयात्रीको सिक्री लुटपाट, ४ जना पक्राउ लोकन्थलीमा पैदलयात्रीको सिक्री लुटपाट, ४ जना पक्राउ
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

लोकन्थलीमा पैदलयात्रीको सिक्री लुटपाट, ४ जना पक्राउ

लोकन्थलीमा पैदलयात्रीको सिक्री लुटपाट, ४ जना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका(१ लोकन्थलीमा एक पैदलयात्रीको सिक्री लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ का ३२ वर्षीय योगेन्द्र तामाङ, सोही गाउँपालिका–६ का ४० वर्षीय मिलन विक, रामेछापको दोरम्बा गाउँपालिका–३ का ३६ वर्षीय काले भनिने देबन्द्र थापा मगर, र भारतीय नागरिक ४० वर्षीय संजित साम्नत छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

२६ साउनको दिउँसो करिब २ बजेतिर लोकन्थली नजिक पैदल हिँड्दै गरेका व्यक्तिको सिक्री यो समूहले लुटेको प्रहरीले बताएको छ । त्यस्तै ३० असारमा पनि लोकन्थलीमै यस्तै शैलीमा लुटपाट भएको थियो ।

विशेषगरी महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै यो समूहले सिक्री लुटपाट गरेको प्रहरीले बताएको छ । मोटरसाइकलमा दुई जना चढेर आउने र सिक्री थुतेर भाग्ने गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका मध्ये योगन्द्र मोटरसाइकल चलाउने मान्छे हुन् । काले मोटरसाइकलको पछाडि बसेर सिक्री थुत्ने व्यक्ति हुन् । मिलन र संजित चोरीको सुन किन्ने व्यक्ति रहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्