काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन प्रतितोला तिन लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि सुन प्रतितोला तिन लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।