×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

डाइभर्सन मर्मत गरेसँगै सञ्चालनमा आयो कान्ति लोकपथ

डाइभर्सन मर्मत गरेसँगै सञ्चालनमा आयो कान्ति लोकपथ

हेटौँडा । बागमती खोलाले पहुँच मार्ग बगाउँदा अवरुद्ध भएको कान्ति लोकपथ सडक सञ्चालनमा आएको छ । वर्षाका कारण बिहीबार बिहान बागमती खोलाले बगुवा स्थित ड्राभर्शनको ह्यमपाइएप बगाउँदा सडक बन्द भएको थियो । 

उक्त स्थानमा पुन डाइभर्सन मर्मत गरी बिहीबार रातिबाट सवारी साधन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बागमती खोलाको पहुँच मार्ग पुनः निर्माण गरेपछि कान्ति लोकपथ सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उक्त सडक अण्ड अन्तर्गत भर्‍याङ डाँडामा खसेको सुख्खा पहिरो पनि हटाइएको उनले बताए । 

गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले कान्ति लोकपथ अन्तर्गतको बगुवा स्थित बेलिब्रिजको पहुँच मार्ग बगाएको थियो । पहुँच मार्ग बगाएसँगै सो स्थानमा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्