×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

ओरालो लाग्यो सेयर बजार

ओरालो लाग्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजार २७०२ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५१.११ अंक घटेको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोडको भयो ।

२० कम्पनीको मूल्य बढ्दा २२४ को घट्यो भने एकको स्थिर रह्यो ।

सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.११, विकास बैंक २.२९, फाइनान्स २.३१, होटल तथा पर्यटन ३.१७, हाइड्रोपावर ३.०७, लगानी २.०८, जीवन बीमा १.९४, उत्पादन १.४८, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा १.६९, अन्य १.५८ र व्यापार २.२१ प्रतिशत घटे ।

आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । नारायणी विकास बैंकको ७.२७, गुराँस लघुवित्तको ५.८४, युनिक नेपाल लघुवित्तको ५.३७, पोखरा फाइनान्सको ४.०४ प्रतिशत मूल्य बढ्यो ।

ङादी ग्रुप पावरको मूल्य सबैभन्दा धेरै ९.२५ प्रतिशत घट्यो । समृद्धि फाइनान्सको ८.५५, जानाकी फाइनान्सको ८.२०, धौलागिरि लघुवित्तको ७.९४, मोलुङ हाइड्रोपावरको ६.८५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा ङादी ग्रुप, समृद्धि फाइनान्स, पोखरा फाइनान्स, पिपुल्स हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्