काठमाडौ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ३ हजार ३ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन दुई लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर प्रतितोला३ हजार ३ सयढ ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।