×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

माओवादीले मंसिर ८ गते ‘पार्टी पुनर्गठन दिवस’ मनाउने

माओवादीले मंसिर ८ गते ‘पार्टी पुनर्गठन दिवस’ मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आगामी मंसिर ८ गते विभिन्न कार्यक्रमको आयोजना गरी ‘पार्टी पुनर्गठन दिवस’ मनाउने भएको छ । पार्टीको केन्द्रीय समितिका तर्फबाट महासचिव नेत्र विक्रम चन्द विप्लवले देशभरका इन्चार्ज तथा सेक्रेटरीहरूलाई परिपत्र जारी गर्दै तीनदिने कार्यक्रमसहित दिवस मनाउन निर्देशन दिएका हुन् ।

परिपत्रअनुसार मंसिर ६ गतेदेखि ८ गतेसम्म देशव्यापी रूपमा विभिन्न रचनात्मक तथा प्रचारात्मक कार्यक्रमहरू तय गरिएका छन् । 

२०७९ साल असार ९ गते तत्कालीन नेकपा एमाओवादीबाट मोहन वैद्यसँगै विप्लव अलग भएका थिए । २०७१ साल मंसिर ८ गते वैद्य नेतृत्वको नेकपा–माओवादी पुनर्गठन गरेका थिए ।

11

प्रतिकृया दिनुहोस्