×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर

दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । सरकारी वकिल कार्यालयले सोमबार उनीविरुद्ध अभियोग दायर गरेको हो । 

जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने मागदावी लिइएको छ । 

प्रसाईंलाई अदालतमा उपस्थित गराएसँगै उनका समर्थकहरूले पर्सा जिल्ला अदालत अगाडी नाराबाजी गरेछन् । विभिन्न युट्युब च्यानल र  वीरगन्ज पुगेपछि प्रसाईंले दिएका अभिव्यक्तिलाई प्रहरीले अनुसन्धानको आधार बनाएको छ । प्रसाईंले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

उनले एउटा युट्युब च्यानलसँग अन्तर्वार्ता दिँदै प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङलाई चलाउने ‘एउटै टिम’ भएको जिकिर गरेका छन् । हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापना गर्न तयार भए बालेन्द्र शाहको फोटो घरमा राख्ने पनि उनले उल्लेख गरेका छन् ।

त्यस्तै सेना र प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि प्रसाईंले अश्लील टिप्पणी गरेका छन् ।

प्रतिकृया दिनुहोस्