काठमाडौँ । नेप्से आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से ५.३६ अंकले बढेर २८३८.३४ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३५ कम्पनिका एक करोड ८० लाख ६३ हजार ७२८ कित्ता शेयर ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार ९८ मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, फाइनान्स, लगानी, जीवन वीमा माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीव बीमा क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सुर्यकुण्ड हाइड्रो, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, रिज लाइन इनर्जी को शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी एशियन हाइड्रोको शेयर ४.५४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ६६ करोड ८६ लाख बराबर कारोबार भएको छ भने सोलु हाइड्रोको ३७ करोड २६ लाख बराबरको कारोबार भएको छ ।