×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

टासी ल्हान्जोममाथिको आक्रमणको आदिवासी जेनजी कलेक्टिभद्वारा भर्त्सना

टासी ल्हान्जोममाथिको आक्रमणको आदिवासी जेनजी कलेक्टिभद्वारा भर्त्सना

काठमाडौं । आदिवासी जेनजी कलेक्टिभले हुम्लाकी जलवायु अभियन्ता टासी ल्हान्जोममाथि सामाजिक सञ्जालमा लगाइएको झुटा आरोपको निन्दा गरेको छ ।

२५ वर्षीया टासीलाई ‘नेपालीजस्तो नदेखिने’, ‘नेपाली नबोल्ने’ र ‘विदेशी शक्तिबाट परिचालित’ भन्दै मन्त्री बनाउँदा राष्ट्रिय अखण्डतामाथि खतरा हुनेजस्ता भ्रामक कुरा बाहिरिएपछि कलेक्टिभले यी आरोपलाई खण्डन गरेको हो ।

आदिवासी समुदायलाई भाषा, संस्कृति र अनुहारका आधारमा शताब्दियौँदेखि बहिष्करण गरिएको कलेक्टिभको भनाइ छ । संविधानमा समानता र समावेशीकरणको ग्यारेन्टी गरे पनि व्यवहारमा विभेद कायम छ । आदिवासी महिला र नागरिकलाई अदृश्य बनाइएको र दोहोरोतेहोरो अन्यायमा पारिएको कलेक्टिभको विज्ञपतिमा उल्लेख छ ।

विज्ञप्तिमा आदिवासी जेनजी कलेक्टिभ र जेनजी मुभमेन्ट एलायन्सको हस्ताक्षर छ ।

प्रतिकृया दिनुहोस्