×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

धरानमा केबुलकारको पक्षमा बोलेको भन्दै एक युवालाई मोसो र दुर्व्यवहार

धरानमा केबुलकारको पक्षमा बोलेको भन्दै एक युवालाई मोसो र दुर्व्यवहार

काठमाडौँ । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरामा केबुलकार निर्माणको विरोध गर्दै आएको समूहले धरानमा एक जनालाई मोसो दलेको छ ।

केबुलकारको पक्षमा बोलेको भन्दै विरोधमा रहेको समूहले आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेन्जी माबोलाई दुर्व्यवहार गर्दै मोसो दलेको हो ।
प्रहरीका अनुसार चेन्जीलाई धरान उपमहानगरपालिका–९ रहेको एक होटलबाहिर मोसो दलिएको हो । उनी कार्यक्रमका लागि भनेर धरान आएका थिए ।

पहिचान पक्षधरले दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानमा पुर्‍याएको छ ।

पहिचान पक्षधर नेता अमर इजम लिम्बुका अनुसार याक्थुङ चुम्लुङको कार्यक्रमका लागि चेन्जी आएका बेला पहिचान पक्षधर युवाहरुले मोसो दलेका हुन् ।

‘मुकुम्लुङमा नो केबुलकार पक्षलाई फेसबुकमा  गाली गरेको थियो, त्यहीँ माफी मगाएको,’उनले भने,‘ केटाहरुले मोसो दलेछन्, त्यसो नगरौ है भनेर सम्झाए ।’

प्रतिकृया दिनुहोस्