काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोालमा ३० रुपैयाँ बढेर प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भैरहेको छ ।