काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १६ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा १० रुपैयाँ बढेर प्रतितोला दुई हजार ५ रुपैयाँमा कारोबार भैरहेको छ ।