×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

काठमाडौं। कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ । अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालत दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर सेवा बन्द गरिएको हो ।

कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रिया लैजाने गरी नयाँ सफ्टवेयर कार्यान्यनमा ल्याउन लागेको थियो । तर, यसकाविरुद्ध अदालतमा मुद्दा परेको थियो ।
अब यो सेवा फेरि कहिले खुल्छ भन्ने स्पष्ट छैन । अदालतले सोमबार १९ असार, १७ साउन, ९ भदौ र १६ भदौमा कार्यालयले गरेका निर्णयअनुसारका सबै काम कारबाहीमाथि रोक लगाएको थियो ।

अदालतले ती निर्णय र सूचनाहरू कार्यान्वयन नगर्नरनगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि अनलाइन सेवाका सबै काम ठप्प भएको हो ।

प्रतिकृया दिनुहोस्