आज पाँचवटा संसदीय समितिको बैठक बस्दै आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । 

बिहीबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्ने भएको हो । 

बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । 

यसैगरी, बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ मा परेको संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा ‘जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा’ छलफल हुने कार्यसूची रहेको छ । 

पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्दै छ । बैठकमा खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । 

बिहान ११ बजेका लागि तय भएको महिला तथा सामाजिक विकास समितिको बैठकमा ‘राष्ट्रिय दलित आयोगको काम कारबाही तथा प्रगति’ सम्बन्धमा छलफल हुने कार्यसूची छ । 

 

प्रतिकृया दिनुहोस्