×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पाण्डेको नेतृत्वमा सेवानिवृत्त राष्ट्रिय कर्मचारी संगठनको १६ सदस्यीय केन्द्रीय कमिटी गठन

पाण्डेको नेतृत्वमा सेवानिवृत्त राष्ट्रिय कर्मचारी संगठनको १६ सदस्यीय केन्द्रीय कमिटी गठन

काठमाडौं । सेवानिवृत्त राष्ट्रिय कर्मचारी संगठनको तेस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलन बाट क। बाबुराम पाण्डेको नेतृत्वमा १६ सदस्य केन्द्रीय कमिटी गठन भएको छ । बबर महलस्थित सहरी विकासको सभाहलमा सम्पन्न सो सम्मेलन प्रतिनिधि सभाका सांसद एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुर्यमान दोङ लालध्वजको प्रमुख आतिथ्यता रहेको थियो । सम्मेलन नेपाल राष्ट्रिय कर्मचारी महासंघको अध्यक्ष एवम् माओबादी केन्द्रका केन्द्रीय सदस्य मणि रत्न श्रेष्ठ विशेष अतिथि र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्ट र महासङ्घका पुर्व वरिष्ठ उपाध्यक्ष  अर्जुन कार्की लगायतको आतिथ्यतामा सम्पन्न भएको छ । 

सम्मेलनबाट उपाध्यक्षमा श्री रमा घिमिरे र मित्र प्रसाद खतिवडा, महासचिव बिनोद थापा, सचिव जितेन्द्र राई ,कोषाध्यक्ष बयान बहादुर कार्की सदस्यहरुमा सोमराज सेडाई,  प्रकाश महर्जन, न्हूछे कृष्ण श्रेष्ठ , दिल्ली प्रसाद आचार्य ,आनन्द हरि खतिवडा, कमलबहादुर महत, नारायण लघु , ऋषिराम तिमल्सिना, कृष्णा  कार्की  र मणि प्रधान रहेको कमिटी गठन भएको छ। 

सम्मेलन पश्चात् आज नै  नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ तथा संगठनको सम्पर्क कार्यालय बबरमहल स्थित प्रथम बैठक बसी  संगठनले उठान गरेका संस्थागत माग, मुद्दा र समस्यालाई सम्बोधन गर्न विशेष पहलकदमी लिने, निजामती, सरकारी संघ संस्था, स्वस्थ्य, शिक्षण, सुरक्षा, कानुन, प्राविधिक सेवा, बैंक विमा तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न  प्रभावकारी समन्वय गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गर्दै बैठक  सम्पन्न भएको छ।

प्रतिकृया दिनुहोस्