×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको पशुपति आर्यघाटमा अन्त्येष्टि

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।

अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्त भावविह्वल थिए । यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको संख्या ५१ पुगेको छ ।

जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिएका थिए । बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी ३ जना मृत भेटिएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्