×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काभ्रेमा पहिरोले पुरिएका घरबाट निकालियो ४ शव

काभ्रेमा पहिरोले पुरिएका घरबाट निकालियो ४ शव

काठमाडौं । बाढी–पहिरोबाट ठूलो क्षति पुगेको काभ्रेपलाञ्चोकमा घाइते र राजमार्गमा अलपत्र परेकाको हेलिकप्टरबाट उद्धार भइरहेको छ ।

नेपाली सेनाको हेलिकप्टर मार्फत बीपी राजमार्गको रोशी क्षेत्रमा अलपत्र परेकाको उद्धार भइरहेको छ । सेनाकै हेलिकप्टर मार्फत जिल्लाका भुम्लु गाउँपापालिका र चौरी देउराली गाउँपालिकाबाट दुई घाइतको उद्धार गरेर धुलीखेल ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बताए ।

जिल्लाको विपद् व्यवस्थापनमा सम्पूर्ण संयन्त्र परिचालन भएको र पहिलो प्राथमिकता अलपत्र परेर र बाढी तथा पहिरोमा परेर घाइते भएकाको उद्धारमा लागेको छ ।

सेनाको हेलिकप्टर तेमाल गाउँपालिकामा रहेका घाइतेको उद्धार गर्न जाने तयारीमा रहेको गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले बताए । तेमालमा पहिरोका कारण ठूलो क्षति भएको र दूरसञ्चार सेवा अवरुद्ध हुँदा क्षतिको विवरण आउन नसकेको उनले बताए ।

‘अहिलेसम्म घर पुरिँदा १२ जना बेपत्ता भएको जानकारी आएको छ,’ अध्यक्ष लामाले भने, ‘जसमध्ये चार जनाको शव निकालिएको छ । तीन जनाको घाइते अवस्थामा उद्धार भएको र धुलिखेलबाट सेनाको हेलिकप्टर मार्फत उद्धार गर्न लागिएको हो ।’

केही व्यक्ति अझै सम्पर्कमा नभएको जानकारी आए पनि विद्युत् र फोन सम्पर्क समेत नहुँदा थप बुझ्न नसकिएको उनले बताए । पहिराले घरभित्रै पुरिएकाको दुई दिनदेखि उद्धार गर्न नसकिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्