×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

गोदावरीमा रास्वपाको सिंगो नगर कार्य समितिद्वारा राजीनामा

गोदावरीमा रास्वपाको सिंगो नगर कार्य समितिद्वारा राजीनामा

धनगढी । कैलालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिंगो नगर कार्य समितिले राजीनामा दिएको छ । गोदावरी नगर समितिका पदापधिकारी तथा सदस्यहरुले मंगलबार सामूहिक रूपमा राजीनामा दिएका हुन् ।

समितिको कार्य समितिको बैठक राखेर नै सामूहिक राजीनामा दिने निर्णय गरेको थियो । नगर सभापति दिपक ओझाले समितिले कुनै दबाब र प्रभावका कारण नभएर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्न सामूहिक राजीनामा दिएको बताएका छन् ।

कार्य समितिले माइन्युटमै गोदावरी नगर तथा पार्टीको सिद्धान्तअनुसार कार्य सम्पादन गर्न नसकिएको र नयाँ समितिलाई मार्ग खुला गर्ने चाहना अनुुसार नै राजीनामा दिएको निर्णय गरिएको छ ।

प्रतिकृया दिनुहोस्