काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला दुई हजार ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।