काठमाडौं । एसियाली खेलकुदको महिला क्रिकेट छनोटमा नेपालले आफ्नो पहिलो खेल आज चीनसँग खेल्दैछन् । मलेसियाको बायुमास ओभलमा हुने उक्त खेल बिहान पौने १२ बजेबाट सुरु हुनेछ ।
६ टोली सहभागी छनोटमा शीर्ष ३ टोलीले आगामी असोजमा जापानमा हुने २०औं एसियाली खेलकुदमा छनोट हुनेछन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् ।
समूह ‘ए’मा आयोजक मलेसियासहित हङकङ र थाइल्याण्ड छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।