×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कृषि

रायो सागमा पनि भेटियो अत्यधिक विषादी

रायो सागमा पनि भेटियो अत्यधिक विषादी

काठमाडौं । मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि मंगलबार कालीमाटी बजार ल्याइएको रायो सागमा ८०.०१६० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले शुक्रबार कालीमाटी तरकारी बजारका १२ पसलको १२ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग अयोग्य रहेको जनाइएको छ ।

सरकारले रोकावट प्रतिशत दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ ।
यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ । १२ असारमा पनि धादिङ, मकवानपुर र सल्यानबाट आएका लौका, काउली र आलुमा अत्यधिक विषादी भेटिएको थियो ।

परीक्षणका क्रममा धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौकामा ६६.५१ प्रतिशत, मकवानपुरको थाहा नगरपालिकाबाट आएको काउलीमा ६४.५४ प्रतिशत र सल्यानबाट ल्याइएको आलुमा ६६.९९ प्रतिशत विषादी पाइएको थियो ।

प्रतिकृया दिनुहोस्