×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले २ असोजमा पुन: विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले २ असोजमा पुन: विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले २ असोजमा पुन विश्वासको मत लिने भएका छन् । तेस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

माओवादी केन्द्रको समर्थनमा संविधानको धारा १६८ को ५ अनुसार २७ बैशाखमा मुख्यमन्त्री बनेका कार्कीले पहिलो पटक बैशाख ३१ गते विश्वासको मत लिएका थिए ।  गत असार १७ मा एमाले–कांग्रेस गठबन्धन माओवादी केन्द्र सरकार छाडेर प्रतिपक्षमा पुग्यो ।

११ साउनमा माओवादी सरकार छाडेको माओवादीले १४   भदौमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएका कारण उनले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभामा कार्कीको पक्षमा दुई तिहाइ बहुमत छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीको दलसँग ४० सांसद छन् । सत्ता घटक काँग्रेसका २९ सांसद छन् । प्रदेशमा बहुमतका लागि ४७ जना आवश्यक पर्छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा १३ सांसद रहेको माओवादी केन्द्र, ६ सांसद रहेको राप्रपाका, ४ सांसद रहेको नेकपा एकीकृत समाजवादीका ४ र एक सांसद रहेको जसपा प्रतिपक्षमा छन् ।

प्रतिकृया दिनुहोस्