×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

ट्रकसँग ठोक्किएको बस खोँचमा खस्दा ३७ जनाको मृत्यु

ट्रकसँग ठोक्किएको बस खोँचमा खस्दा ३७ जनाको मृत्यु

काठमाडौं । पेरूमा ट्रकसँग ठोक्किएर २०० मिटर खोँचमा यात्रुबाहक खस्दा ३७ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । बसमा ६० जना यात्रु सवार थिए । पेरूलाई चिलीसँग जोड्ने पान-अमेरिकन राजमार्गमा बुधबार बिहान ट्रकसँग ठोक्किएर बस खोँचमा खसेर दुर्घटना भएको हो ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बस मोडमा पिकअप ट्रकसँग ठोक्किएको थियो र त्यसपछि ओकोना नदीतिरको खाल्डोमा खसेको थियो । रिपोर्टका अनुसार दुर्घटनामा दुवै चालक भने बाँच्न सफल भएका छन् ।

ओकोना जिल्लाका मेयर भाल्डोर लेरेनाका अनुसार दुर्घटना स्थल वरपरको भूभाग धेरै उबडखाबड थियो र यस क्षेत्रमा पहिले पनि धेरै गम्भीर दुर्घटनाहरू भएका थिए ।

प्रतिकृया दिनुहोस्