×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

गगनसहितका पदाधिकारी निर्वाचन आयोग पुगे

गगनसहितका पदाधिकारी निर्वाचन आयोग पुगे

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसको पहिलो बैठकका निर्णय र पार्टी विवरण अध्यावधिक गर्नका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

सहमहामन्त्री डिला संग्रौलाले आज बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय र विवरण अध्यावधिकका लागि आफू निर्वाचन आयोग आइसकेको र सभापतिसहित पदाधिकारीहरू आउनेक्रममा रहेको जानकारी दिइन् ।

‘केन्द्रीय समिति बैठकले पार्टीको सबै विवरण अध्यावधिक गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आज निर्वाचन आयोगलाई विवरण बुझाउनरजानकारी गराउन लागिएको हो,’ उनले भनिन् ।

बुधबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कार्यसमिति चयन भएको छ । उता शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले भने पार्टीको कुनै विशेष महाधिवेशन नभएको भन्दै आयोगलाई नै पत्र पठाइसकेको छ ।

देउवा नेतृत्वको कांग्रेसले पत्र पठाउनुभन्दा पहिले नै विशेष महाधिवेशन पक्षधरले आयोगमा विशेष महाधिवेशन भइरहेको बेहोराको पत्र पठाइसकेका थिए । अहिले कांग्रेसमा आधिकारिकताको विवाद बढिरहेको छ ।

प्रतिकृया दिनुहोस्