×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

‘जनतासँग माओवादी जागरण अभियान’ आज सकिँदै

‘जनतासँग माओवादी जागरण अभियान’ आज सकिँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी जागरण अभियान’ आज सकिँदैछ । हुलाकी राजमार्ग केन्द्रित माओवादीले यो अभियान गत १२ फागुनमा झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट सुरु गरेको थियो । बीचमा रोकिँदै फेरि सुरु हुँदै गरेको यो अभियान दुई महिनापछि बुधबार कञ्चनपुर पुगेर सकिन लागेको हो ।

माओवादी अध्यक्ष प्रचण्ड कञ्चनपुरमै छन् । उनले कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा अवस्थित शोभा ताल पर्यटकीय क्षेत्रको अनुगमन तथा अवलोकन गरे । शोभा ताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गरे ।

कञ्चनपुरको बेलौरी बजारस्थित राष्ट्रप्रेमी किसान नेता तथा महान शहीद भिमदत्त पन्तको सालिकमा माल्यार्पण गरे ।

प्रतिकृया दिनुहोस्