×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

आईपीएलमा आज पनि दुई खेल हुँदै

आईपीएलमा आज पनि दुई खेल हुँदै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै छ । दिउँसो र बेलुका गरी दुई खेल‌‌ हुनेछ । पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुनेछ । खेल जयपुरस्थिर सवाइ‌ मानसिंह स्टेडियममा दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ ।

राजस्थान ५ खेलमा २ जित मात्र निकालेर अंकतालिकामा सातौं स्थानमा छ भने ५ खेलमा ३ जित निकालको बेंगलरु पाँचौं स्थानमा छ ।

त्यस्तै बेलुका हुने खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स आमनेसामने हुँदै छन् । खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

दिल्ली हालसम्म ४ खेल खेल्दा अपराजित छ र  अंकसहित अंकितालिकामा शीर्ष स्थानमा छ । मुम्बई भने ५ खेलमा १ जित मात्र निकालेर अंकतालिकामा नवौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्