×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

राष्ट्रपति पौडेलले गरे चालु अधिवेशन अन्त्य

राष्ट्रपति पौडेलले गरे चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेपछि लागु हुने गरी संसद्को चालु अधिवेशन अन्त्य गरेका छन् । सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संसद्को चालु अधिवेशन अन्त्य गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।

संघीय संसद्को चालु अधिवेशन २८ वैशाख २०८३ सालदेखि सुरु भएको हो । चालु अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित कानुनहरू बनेका छन् । यसबाहेक सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश स्वीकृत भए ।

हेर्नुहोस् विज्ञप्ति :

 

प्रतिकृया दिनुहोस्