×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड, बढी योगदान बागमतीको

अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड, बढी योगदान बागमतीको

काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड पुगेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२र८३ अनुसार चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार सो अंकमा पुगेको हो ।

अर्थतन्त्रमा प्रदेश अनुसार सबैभन्दा धेरै योगदान बागमती प्रदेशको रहेको छ । जसले ३६.७ प्रतिशत हिस्सा ओगटेको छ । सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत रहेको छ । नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा अधिक रहने देखिएको छ ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उपभोगको हिस्सा ९०.३ प्रतिशत रहने देखिएको छ । यस अवधिमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३, प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ र खर्चयोग्य आय २ हजार ५५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्