×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले वृद्धि भएको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँ मा कारोबार भएको थियो।

त्यस्तै, आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ६२ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँ मा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँ रहेको थियो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनका आधारमा नेपाली बजारमा सुनचाँदीको दैनिक मूल्य निर्धारण हुने गरेको छ।

प्रतिकृया दिनुहोस्