×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतमै मृत फेला

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतमै मृत फेला

काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा जवान रेवन पचभैया मगर मृत भेटिएको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार आफैंले लगाएको कपडाको पासा लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा उनी मृत भेटिएका हुन् । शौचालयको धारा खोलेर पानी भरेको जस्तो आवान निकालिएकाले समेत बाहिरका व्यक्तिले केही थाहा नपाएको उनको भनाइ छ ।

दाङको २९ नं। ज्वालामाई गणमा कार्यरत जवान पचभैया र सहायक हवल्दार भरत रोका मगर पक्राउ परेका थिए । गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि उनीहरुले बलात्कार गरेको आरोप लागेको छ ।

प्रतिकृया दिनुहोस्