×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बाग्मती

आज बस्ने भनिएको बागमती मन्त्रिपरिषदको बैठक रद्द

आज बस्ने भनिएको बागमती मन्त्रिपरिषदको बैठक रद्द

हेटौँडा । बागमती प्रदेश मन्त्रिपरिषदको बैठक बस्ने पूर्वनिर्धारित कार्यक्रम रद्द भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद बैठक आह्वान गरेका थिए । सोही अनुसार मुख्यमन्त्री लामा काठमाडौँबाट हेटौंडा आइपुगेका थिए । तर अन्तिम सयममा आएर बैठक रद्द गर्नुपरेको हो ।

स्रोतका अनुसार प्रदेशका प्रमुख सचिव भुपाल बराल काठमाडौँमा रहेका कारण मन्त्रिपरिषद बैठक बस्न नसकेको हो । बरालको अनुपस्थितिमै भए पनि बैठक राख्न चाहेका मुख्यमन्त्री लामालाई अन्य सचिवले ‘प्रमुख सचिवको अनुपस्थितिमा मन्त्रिपरिषद बैठक नराख्न’ सुझाव दिएपछि बैठक राख्ने कार्यक्रम नै रद्द गरिएको हो ।

मन्त्रिपरिषद बैठक नबस्ने भएपछि मुख्यमन्त्री लामाले पत्रकार सम्मेलनको तयारी गरेका छन् । पत्रकार सम्मेलनमार्फत नै उनले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने र राजीनामाको घोषणासमेत गर्ने स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसको संसदीय दलको नेताबाट अविश्वास प्रस्तावमार्फत हटाइएका लामा नेता चयनका लागि भएको निर्वाचनमा पराजित भएपछि राजीनामा दिनुपर्ने दबाबमा छन् । 

प्रतिकृया दिनुहोस्